२३ माघ २०७६, बिहीबार

काठमाडौं, २३ माघ । एक्शन अभिनेता टाइगर श्रफको आगामी फिल्म ‘बागी-३’को ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता टाइगर धमकेदार एक्शन अवतारमा देखिएका छन् ।

‘बागी’ र ‘बागी-२’ तुलनामा ‘बागी-३’ निकै उतकृष्ट बनेको आँकलन गर्न सकिन्छ । फिल्मको ट्रेलरमा अर्का अभिनेता रितेश देशमुखलाई पनि प्रस्तुत गरिएको छ । यो फिल्म यसै वर्षको ६ मार्चबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

फिल्ममा टाइगर श्रफ, श्रद्धा कपुर र रितेश देशमुखको मुख्य भूमिका रहेको छ । फिल्मलाई नाडियाडवाला ग्य्राण्डसनले निर्माण गरेको हो, भने अहमद खानले निर्देशन गरेका हुन् ।

LIVE TV