२३ माघ २०७६, बिहीबार

काठमाडौं, २३ माघ । सामसुङको ग्यालेक्सी एम ३० (Galaxy M30) स्मार्टफोन नेपालमा पनि निकै चर्चित भइसकेको छ ।

अब कम्पनीले यसै स्मार्टफोनको आगामी भर्सन ग्यालेक्सी एम ३१ (Galaxy M31) सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

ट्वीटरमा सार्वजनिक गरिएको एक अफिसियल टिजरमा ग्यालेक्सी एम ३१ (Galaxy M31)को बारेमा जानकारी दिइएको छ । जहाँ, सामसुङ ग्यालेक्सी एम ३१ म ६४ मेगापिक्सलको प्राइमरी क्यामेरा दिइनेछ ।

टोटल चार रियर क्यामेरा हुनेछ । रिपोर्टका अनुसार नेपाल र भारतमा कम्पनीले ग्यालेक्सी एम ११ (Galaxy M11), ग्यालेक्सी एम २१ (Galaxy M21), ग्यालेक्सी एम ४१ (Galaxy M41) सार्वजनिक गर्नेछ ।

ग्यालेक्सी एम ३१ (Galaxy M31) को स्पेसिफिकेसन्सको बारेमा भने अहिले कुनै जानकारी गराइएको छैन । तर, अहिलेसम्मको जानकारी अनुसार यस स्मार्टफोनमा Exynos 9611 प्रोसेसर दिइनेछ ।

कम्पनीले यस स्मार्टफोनलाई तीन कलर भेरियन्ट्स ब्लू, ब्ल्याक र रेडमा सार्वजनिक गर्नेछ । यसमा 6,000mAh को ब्याट्री दिनेछ, किनभने ग्यालेक्सी एम ३० एस (Galaxy M30) मा पनि पावरफुल व्याट्री दिएको छ ।

त्यसोत, पछिल्लो महिना वाईफाई अलाइन्स वेबसाइटमा ग्यालेक्सी एम ३१ ()को सर्टिफिकेसन्सको देखाइएको थियो ।

कम्पनीले ग्यालेक्सी एम ३१ (Galaxy M31)सँगै ग्यालेक्सी एम ११ (Galaxy M11), ग्यालेक्सी एम २१ (Galaxy M21) र ग्यालेक्सी एम ४१ (Galaxy M41)लाई पनि सार्वजनिक गर्नसक्नेछ ।

९१ मोबाइल्सको एक रिपोर्ट अनुसार ग्यालेक्सी एम ३१ (Galaxy M31)को दुई भेरियन्टस सार्वजनिक हुनेछ । बेस भेरियन्टमा चर जीवी -यामको साथमा ६४ जीवीको स्टोरेज हुनेछ, भने अर्को भेरियन्टमा १२८ जीवीको स्टोरेज दिइनेछ ।

ग्यालेक्सी एम ३१ (Galaxy M31) मा एन्ड्रोइड १० बेस्ड सामसुङ कस्टम दिइनेछ ।

LIVE TV