२३ माघ २०७६, बिहीबार

काठमाडाैँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका काभ्रे जिल्ला नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ ।

नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो । राति १० बजेतिर सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले साे प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको पनि बताएको छ ।

गिरीको शवलाई पोष्टमार्टमका लागि हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बताइएको छ ।

गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकार समेत थिए ।

LIVE TV