२२ माघ २०७६, बुधबार
  • तारा आचार्य

विराटनगर २२ माघ । प्रदेश नं. १ ले प्रदेश सभा स्थापना भएको दुई बर्ष पूरा भएको अवसरमा प्रदेश सभाको नयाँ वेवसाइट र मोवाइल एप सञ्चालनमा ल्याएको छ ।

वुधवार एक कार्यक्रमको आयोजना गरी अगाडिठका अधिवेशनहरुमा केन्द्रीय सरकारवाट सञ्चालन भएका वेवसाइटहरुबाट समस्या आएको हुनाले प्रदेश स्तरबाटनै संसद सदस्यहरुलाई सूचना दिन उद्येश्यले वेवसाइट सञ्चालन गर्न लागिएको सभामुख प्रदीपकुमार भकण्डारीले जानकारी दिनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले विहीवारदेखि सुरु हुने पाँचौ अधिवेशनको बारेमा जानकारी दिनुभयो । उहाँले पाँचौ अधिवेशन बाट प्रदेशको नामाकरण गर्ने जानकारी समेत गराउनु भएको थियोे । उहाँले आगामी बर्षमा प्रदेश सभाहलको व्यवस्थापन गर्ने र कानुनहरु बनाउने जानकारी दिनुभयो ।

यसै गरी सो कार्यक्रममा सभामुख भण्डारीले विषयगत समिति र सचिवालयका गतिविधिहरु समेटेर तयार गरिएको स्मारिका २०७६ को विमोचन गर्नु भएको थियो । प्रदेशले सभाले अहिले सम्म ३९ वटा कानुन बनाएको जानकारी दिएको छ ।

LIVE TV