२२ माघ २०७६, बुधबार

चितवन, २२ माघ । भरतपुर विमानस्थलमा कोरोना भाइरसको संक्रमण हुन नदिन ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ ।

भरतपुर महानगरपालिका, भरतपुर नागरिक उडड्यन कार्यालय र स्वास्थ्य कार्यालय चितवनको समन्वयमा भरतपुर विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएकोृ हो ।कोरोना भाइरसको संक्रमण हुन नदिन समग्र चितवन जिल्लालाई नै सुरक्षित बनाउन भरतपुर विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

हेल्थ डेस्कमा स्वास्थ्कर्मीहरुले शंकास्पद व्यक्तिलाई विशेष निगरानी राख्ने र आवश्यक परेको खण्डमा स्वास्थ्य जाँचसमेत गर्ने भरतपुर महानरपालिकाकी मेयर रेणु दाहालले बताईन् ।

LIVE TV