२२ माघ २०७६, बुधबार

काठमाडौँ, २२ माघ । भीमा एकादशीका दिन प्रसिद्ध दोलखाको भीमेश्वर मन्दिरमा विशेष मेला लागेको छ । कुन्तीपुत्र अर्थात पाँच पाण्डव मध्येका माइला भीमसेनले समेत ब्रत बसेका कारण यस एकादशीको नाम भीमा एकादशी हुन गएको पौराणिक वर्णन रहेकाे छ ।

यस दिनलाई भिमेश्वरको जन्मदिन पनि मानिन्छ । कुन्तीपुत्र पाँचपाण्डव मध्येका माहिला भीमसेनले माघ शुक्लपक्षमा पर्ने एकादशीमा दोलखाको कैलाश पर्वतको सामिप्यतामा अहिले भीमेश्नर भीमसेन रहेकै स्थामा आई ब्रत बसी भगवान विष्णुको शक्तिबाट सवै पितृऋणबाट मुक्त गराएका कारण यो एकादशी भीमा एकादशी हुन गएको पौराणिक वर्णन गरिएको छ । सो कुरा गरुढ पुराणमा उल्लेख गरिएको छ ।

जसरी कुमर्गी राजाले राज्य, कुपुत्रले कुल, दुष्टपत्निले पति, अधर्मले धर्म, कुमन्त्रिले राजा, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्धाले श्रद्धा, असत्यले सत्य, उष्णताले शितलता, अनाचारले सम्पत्ति, विष्मयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मतले फलको नष्ट गर्दछ ठिक त्यस्तै विपरित भीमा एकादशीको ब्रतको प्रभावले सवै पापहरुलाई तयसैगरी नष्ट गरी मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

दोलखा भीमेश्वरमा लाग्ने भीमाएकादशीको ब्रत र जागराम बसी रातभरी बत्ती बाल्नाले ब्रम्ह हत्या, सरापान, सुनको चोरी, गरुपत्नी गमन जस्ता महापापहरु नास गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगाएत सवै तीर्थ पुगे बराबरको धर्म प्राप्त हुन्छ ।

भीमा एकादशीको ब्रत कुनै पनि दान, जप, होम तथा अन्य पण्य कर्महरुभन्दा ठुलो मानिन्छ । यति सम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको ब्रतको महात्मे ठुलो मानिएको छ ।सोही दिन दोलखा भीमेश्वरमा विहान एघार रुद्री पाठ, होम यज्ञ गरी रात्रीकालमा रातभर जाग्राम बसी १०८, १०८ बत्ती बाली सात्विक पूजा गरीन्छ भने मध्यरातमा भीमसेनको शीलामा गरगहना र मुकुट सहत विशेष पुजा गरिन्छ ।

LIVE TV