२२ माघ २०७६, बुधबार

ललितपुर, २२ माघ । ललितपुरको बुङ्गमति–खोकनाका स्थानीयले यस क्षेत्रमा भइरहेका पूर्वाधार निर्माण रोक्न माग गरेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पूरातात्विक महत्व रहेको यो क्षेत्रमा पूर्वाधार निर्माणले सम्पदा नाश हुने स्थानीयको तर्क छ ।

सो क्षेत्रमा पूर्वाधार निर्माण रोक्न समेत बुङ्मतिका स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बुङ्गमति खोकना क्षेत्रमा काठमाडौं–निजगढ द्रुतमार्गको प्रस्थान विन्दू, १ सय २३ केभिएको प्रशारण लाइन, बाहिरी चक्रपथ, रेलवे, बागमति करिडोर जस्ता परियोजनाहरु छन् ।

LIVE TV