२२ माघ २०७६, बुधबार
  • राम गोपाल तमखु,

भक्तपुर, २२ माघ । बुधबारदेखि भक्तपुरको देकोचास्थित ख्वप कलेजमा तीनदिने शैक्षिक प्रदर्शनी सुरु भएको छ ।

ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा उक्त प्रदर्शनी गरिएको हो ।

वार्षिकोत्सवकै अवसरमा भएको प्रदर्शनीलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंले अवलोकन गर्नुभयो ।

प्रदर्शनीमा कलेजका प्लस २ देखि मास्टर्ससम्मका विद्यार्थीहरुले स्टलहरु राखेका छन् । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानून गरी पाँंच वटा संकायमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरुले बनाएका विभिन्न सामग्रीहरु प्रदर्शनमा राखिएका छन् ।

कलेजका प्राचार्य रुपक जोशीले करीब १० हजार विद्यार्थीले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा राखिएको बताउनुभयो । प्रत्येक वर्ष हुँंदै आएको प्रदर्शनीको क्रममा गतवर्ष करीब आठ हजारले अवलोकन गरेका उहाँले स्मरण गर्नुभयो ।

प्रदर्शनी अवलोकन गर्न काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर र उपत्यकाबाहिरका बनेपा, पनौती, धुलिखेललगायतका स्कुल÷कलेजहरुबाट पनि अवलोकनका लागि विद्यार्थीहरु आउने गरेका छन् । अवलोकन प्रवेश निःशुल्क गरिएको छ ।

LIVE TV