२२ माघ २०७६, बुधबार

काठमाडौँ, २२ माघ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। मुटुको समस्या रहेका शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सुरुमा मुटुमा समस्या आएपछि गंगालालमा ५ दिन उपचार गरी उहाँलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उहाँको आज बिहान निधन भएको हो ।

२००४ सालमा इलाममा जन्मनु भएका शर्माले गोरखापत्रको संवाददाताका रुपमा पत्रकारिता सुरु गरी रेडियो नेपाल हुँदै नेपाल टेलिभिजनको महाप्रवन्धक समेत बन्न सफल रहनुभएको थियो । शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘विश्व घटना’ सञ्चालन गरेर चर्चित बन्नुभएको थियो ।

शर्माको शवलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजाने तयारी भईरहेको छ।

LIVE TV