२२ माघ २०७६, बुधबार
  • नवीन कुलुङ (राई)


काठमाडाैं, २२ माघ ।
जुनसुकै देशको लागि पनि सेना निकै महत्वपूर्ण अंग हो । राष्ट्रिय सुरक्षाको मूलभूत जिम्मेवारी सेनालाइ नै दिइएको हुन्छ । देशको सीमा सुरक्षाको लागि होस् या देशभित्र र बाहिरबाट हुन सक्ने सम्भावित हमला रोक्नको लागि सेनाकै आवश्यकता पर्दछ ।

This image has an empty alt attribute; its file name is army1.jpg

देशको सार्वभौमसत्ता, अखण्डता र एकताको रक्षा लागि सेना नभइ हुँदैन । सेना राष्ट्रिय सुरक्षामा आइलाग्ने चुनौतीहरूसँग जुध्न हरदम तयार हुने गर्छ । शक्तिशाली देशहरूको उद्देश्य यतिमै मात्र सीमित रहदैनन् । विश्वभर आफ्नो प्रभूत्व कायम राख्न उनीहरूले सेनाका लागि ठूलो धनराशि सैन्य शक्तिमाथि खर्चेका हुन्छन् ।

पछिल्लो समय आफ्नो देशको सुरक्षा सुनिश्चित गर्न सबै राष्ट्रले सैन्य खर्चमा बढी जोड दिइरहेका छन् । सेनाको अध्ययन गर्ने संस्था ग्लोबल फायर पावरले अत्याधुनिक हतियार, सैनिक संख्या र देशको सुरक्षा बजेटलाई आधार मान्दै सन् २०२० मा सार्वजनिक गरेको शक्तिशाली सेनाको सूची सार्वजनिक गरेको छ ।

उक्त सूची अनुसर अमेरिका पहिलो स्थानमा छ भने रूस दोस्रो र चीन तेस्रो स्थानमा रहेको छ । नेपाल १२२ औँ स्थानमा रहेको छ ।

अमेरिका

ग्लोबल फायर पावरको अनुसार संसारको सबैभन्दा शक्तिशाली सेना अमेरिकासँग छ । ३२ करोड ९२ लाखभन्दा बढी जनसंख्या भएको अमेरिकामा २२ लाख ६० हजार सैनिक छन् । सबैभन्दा अत्याधुनिक हतियार पनि अमेरिकासँग नै छ ।

This image has an empty alt attribute; its file name is trump-military-rt-jt-190709_hpMain_16x9_992-768x432.jpg

अमेरिकासँग १३ हजार २ हजार ८५ वटा अत्याधुनिक विमान छन् । जसमा २ हजार ८५ युद्धविमान छन । जहाज ७१५, अमेरिकाले ७१५ आक्रमण गरेको छ । अमेरिकासँग युद्धको लागि प्रयोग गरिने यातायात-७१५, प्रशिक्षक- २६४३ रहेका छन् ।

५७६८ हेलिकोप्टरमध्ये युद्ध गर्ने हेलिकोप्टर ९६७ छन् । त्यस्तै कम्ब्याट ट्यांक ६२८९, सैनिक बोक्ने गाडी/ट्रक ३९२५३, आफै चल्ने तोप १४६५, अन्य तोप २७४०, रकेट प्रोजेक्टर १३६६ रहेका छन् ।

अमेरिकाले सबैभन्दा ठूलो हिस्सा बजेट सैनिकका लागि खर्च गर्ने गरेको छ । विश्वमा सेनाका लागि सर्वाधिक बजेट छुट्याउने देश अमेरिका नै हो । अमेरिकाले ७ सय ५० बिलियन बजेट अमेरिकाले सेनाका लागि छुट्याउने गरको छ ।

रूस

भूगोलका हिसाबले विश्वको सबैभन्दा ठूलो देश रूस हो । सैन्य शक्तिकाे हिसाबले दोस्रो नम्बरमा परेको छ । १४ करोड भन्दा बढी जनसंख्या भएको रुससँग ३० लाख १३ हजार भन्दा बढी सेना छन् ।

रुससँग ४ हजार एक सय ६३ वटा अत्याधुनिक विमान छन् । जसमा ८ सय ७३ वटा युद्धविमान छन् । युद्धको लागि प्रयोग गरिने यातायात ४२४ र प्रशिक्षक ४९७ रहेका छन् । १५ सय २२ वटा हेलिकोप्टरमध्ये ५ सय ३१ वटा युद्ध गर्ने हेलिकोप्टर रहेका छन् ।

त्यस्तै कम्ब्याट ट्यांक १२९५०, सैनिक बोक्ने गाडी/ट्रक २७०३८, आफै चल्ने तोप ६०८३, अन्य तोप ४४६५, रकेट प्रोजेक्टर ३८६० रहेका छन् । रुसले पनि बजेटको ठूलो हिस्सा सैनिकका लागि खर्च गर्ने गरेको छ । रुसले ४ सय ८० बिलियन बजेट सेनाका लागि छुट्याउने गरको छ ।

चीन

सबै भन्दा बढी जनसंख्या भएको देश चीन हो । सैन्य क्षमताका हिसाबले चीन तेस्रो नम्बरमा परेको छ । एक अर्ब ३८ करोड ४६ लाख भन्दा बढी जनसंख्या भएको चीनमा २६ लाख ९३ हजार सेना छन् ।

This image has an empty alt attribute; its file name is 5df7b80efd9db265884ab9b4-768x384.jpg

चीनसँग भएको ३ हजार २ सय १० वटा अत्याधुनिक विमानमध्ये १२ सय ३२ वटा युद्धविमान छन् । ३ सय ७१ वटा जहाज छन् । चीनले ३७२ आक्रमण गरेको छ भने १११ विषेश लक्ष्य लिएको छ । ९ सय ११ वटा हेलिकोप्टरमध्ये २ सय ८१ वटा युद्ध गर्ने हेलिकोप्टर छन् ।

चीनसँग युद्धको लागि प्रयोग गरिने यतायात २२४, प्रशिक्षाक ३१४, कम्ब्याट ट्यांक ३५००, सैनिक बोक्ने गाडी र ट्रक ३३०००, आफै चल्ने तोप ३८००, अन्य तोप ३६००, रकेट प्रोजेक्टर २६५० रहेका छन् । चीनले २ सय ३७ बिलियन बजेट सेनाका लागि छुट्याउने गरको छ ।

भारत

संसारका विकसित देशहरूको दाँजोमा भारत निकै पछाडि भए पनि सैन्य शक्तिमा चौथो नम्बरमा परेको छ । १ अर्ब २९ करोड ८३ हजार भन्दा बढी जनसंख्या भएको भारतमा ३५ लाख ४४ हजार सैनिक छन् ।

This image has an empty alt attribute; its file name is indian-army-759-1.jpg

भारतसँग ४ हजार १ सय २३ वटा अत्याधुनिक विमान छन् । त्यसमध्ये ५३८ वटा युद्धविमान छन् । १७२ आक्रमण गरेको छ भने विषेश लक्ष्य ७७ वटा लिएको छ । भारतसँग युद्धमा प्रयोग गरिने यातायात २५०, प्रशिक्षाक ३५९ रहेका छन् । ७२२ वटा हेलिकोप्टरमध्ये २३ वटा युद्ध गर्ने हेलिकोप्टर छन् ।

त्यस्तै ८६८६ वटा सैनिक गाडी, २३५ वटा आफै चल्ने तोप, ४०६० वटा अन्य तोप र २६६ वटा रकेट प्रोजेक्टर २६६ रहेको छ । भारतले ६१ बिलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

जापान

सैन्य क्षमताका हिसाबले जापान पाचौँ नम्बरमा परेको छ । १२ कडोर ६१ लाख भन्दा बढी जनसंख्या भएको देशमा ३ लाख ३ हजार १ सय ६० सैनिक छन् । जापानसँग १ हजार ५ सय ६१ वटा अत्याधुनिक विमान छन् । जसमध्ये २ सय ७९ वटा युद्धविमान छन् ।

This image has an empty alt attribute; its file name is Japan-Army-780x405-1-768x399.jpg

जापानले १२ ठाउँ आक्रमण गरेको छ भने विषेश लक्ष्य १५२ वटा लिएको छ । युद्धमा प्रयोग गरिने यातायात ६०, प्रशिक्षक ४२७ रहेका छन् । ६३७ वटा हेलिकोप्टरमध्ये ११९ वटा युद्ध गर्ने हेलिकोप्टर छन् ।

त्यस्तै कम्ब्याट ट्यांक १००४, सैनिक गाडी ३१३०,आफै चल्ने तोप २३८, अन्य तोप ५०० र ९९ वटा रकेट प्रोजेक्टर रहेको छ । जापानले ४९ बिलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

दक्षिण कारिया

दक्षिण कारिया सैन्य क्षमताका हिसाबले छैटौँ नम्बरमा परेको छ । ५ करोड १४ लाख भन्दा बढी जनसंख्या भएको देशमा ३६ लाख ८० हजार सैनिक छन् । दक्षिण कोरियासँग १ हजार ६ सय ४९ वटा भएको अत्याधुनिक विमानमध्ये ४ सय १४ वटा युद्धविमान छन् ।

This image has an empty alt attribute; its file name is foal-eagle-1800.jpg

दक्षिण कोरियाले ७१ ठाउँ आक्रमण गरेको छ भने विषेश लक्ष्य ३० वटा लिएको छ । दक्षिण कोरियासँग युद्धमा प्रयोग गरिने यातायत ४१, प्रशिक्षक २९८ रहेका छन् । ८०३ वटा हेलिकोप्टरमध्ये ११२ वटा युद्ध गर्ने हेलिकोप्टर छन् ।

त्यस्तै कम्ब्याट ट्यांक २६१४, सैनिक गाडी १४०००,आफै चल्ने तोप ३०४०, अन्य तोप ३८५४ र ५७५ वटा रकेट प्रोजेक्टर रहेको छ । ४४ बिलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

फ्रान्स

सैन्य क्षमताका हिसाबले फ्रान्स सातौँ नम्बरमा परेको छ । ६ करोड ७३ लाख भन्दा बढी जनसंख्या भएको फ्रान्ससँग ४ लाख ५१ हजारभन्दा धेरै सैनिक छन् । सेनासँग १ हजार २ सय २९ वटा विमान छन् । त्यसमध्ये युद्धविमानको संख्या २ सय ६९ वटा रहेका छन् ।

This image has an empty alt attribute; its file name is pilt_1-768x512.jpg

फ्रान्सले युद्धमा प्रयोग गरिने यातायत १२१, प्रशिक्षक १८७, विषेश लक्ष्य ४५ रहेका छन् । ५८९ वटा हेलिकोप्टरमध्ये ६२ वटा युद्ध गर्ने हेलिकोप्टर छन् ।

त्यस्तै कम्ब्याट ट्यांक ५२८, सैनिक बोक्ने गाडी/ट्रक ६०२८, आफै चल्ने तोप १०९, अन्य तोप १२ र रकेट प्रोजेक्टर १३ वटा रहेका छन् । फ्रान्सले ४१ बिलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

बेलायत

बेलायती सेना आफ्नो बहादुरीका लागि संसारभर प्रसिद्ध छ । सैन्य क्षमताका हिसाबले यो देश आठौँ नम्बरमा पर्छ । ६ करोड ५१ लाखभन्दा बढी जनसंख्या भएको बेलायतमा २ लाख ७५ हजारभन्दा धेरै सैनिक छन् ।

This image has an empty alt attribute; its file name is gettyimages-482226713-768x512.jpg

सेनासँग भएको ७ सय ३३ विमानमध्ये १ सय ३३ वटा युद्धविमान छन् । बेलायतले १५ आक्रमण गरेको छ भने २८ विषेश लक्ष्य लिएको छ । युद्धमा प्रयोग गरिने यातायात ४४, प्रशिक्षक २४१ रहेका छन् । ३१२ वटा हेलिकोप्टरमध्ये ४९ वटा युद्ध गर्ने हेलिकोप्टर छन् ।

त्यस्तै कम्ब्याट ट्यांक २२७, सैनिक बोक्ने गाडी र ट्रक ५०२८, आफै चल्ने तोप ८९, अन्य तोप १२६ र रकेट प्रोजेक्टर ३५ वटा रहेका छन् । ५५ बिलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

इजिप्ट

सैन्य क्षमताका हिसाबले इजिप्ट नवौँ स्थानमा पर्छ । ९ करोड ९४ लखा जनसंख्या भएको देशमा ९ लाख २० हजार सैनिक छन् । सेनासँग १ हजार ५४ विमान छन् । त्यसमध्ये २ सय वटा युद्धविमान छन् ।

This image has an empty alt attribute; its file name is 7-Strategic-Lessons-Inspired-by-The-Egyptian-Army--768x432.jpg

इजिप्टले ८८ वटा आक्रमण गरेको छ भने ११वटा विषेश लक्ष्य लिएको छ । युद्धमा प्रयोग गरिने यातायत ५९, प्रशिक्षक ३८७ रहेका छन् । २९४ वटा हेलिकोप्टरमध्ये ८१ वटा युद्ध गर्ने हेलिकोप्टर छन् ।

त्यस्तै कम्ब्याट ट्यांक ४२८५, सैनिक बोक्ने गाडी र ट्रक ११,७०० , आफै चल्ने तोप १३९, अन्य तोप २१८९ र रकेट प्रोजेक्टर १,०८४ वटा हरेका छन् । ११ बिलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

ब्राजिल

सैन्य क्षमताका हिसाबले ब्राजिल १० औँ स्थानमा रहेको छ । २० करोड ८८ लाख भन्दा बढी जनसंख्या भएको देशमा १६ लाख ७४ हजार भन्दा बढी सैनिक छन् । सेनासँग भएको ७ सय १५ विमानसमध्ये ४३ वटा युद्धविमान छन् ।

This image has an empty alt attribute; its file name is 800-768x517.jpeg

ब्राजिलले ७८ आक्रमण गरेको छ भने २४ वटा विषेश लक्ष्य लिएको छ । युद्धमा प्रयोग गरिने यातायात १२६, प्रशिक्षक १९८ रहेका छन् । २२४ वटा हेलिकोप्टरमध्ये १२ वटा युद्ध गर्ने हेलिकोप्टरहरु छन् ।

त्यस्तै कम्ब्याट ट्यांक ४३७ वटा, १८२० सैनिक यातायत, १३२ आफै चल्ने तोप, अन्य तोप ५६५ , रकेट प्रोजेक्टर ८४ वटा रहेको छ । २७ बिलियन भन्दा बढी अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

इरान

सैन्य क्षमताका हिसाबले इरान १४ औं स्थानमा रहेको छ । ८ करोड ३० लाख भन्दा बढी जनसंख्या भएको ८ लाख ७३ हजार सैनिक छन् । ५०९ विमानमध्ये १५५ युद्धविमान छन् । इरानले २३ आक्रमण गरेको छ भने विषेश लक्ष्य ९ लिएको छ ।

This image has an empty alt attribute; its file name is resized_433aa-2019-09-22t093303z_398024889_rc1a919ce730_rtrmadp_3_iran-army-day.jpg

इरानी सेनासँग युद्धमा प्रयोग गरिने यातायात ६२, प्रशिक्षक ८४ रहेका छन् । एक सय वटा हेलिकोप्टरमध्ये १२ वटा युद्ध गर्ने हेलिकोप्टरहरु छन् ।

त्यस्तै कम्ब्याट ट्यांक २०५६, सैनिक यातायत ४३००, आफै चल्ने तोप ५७०, अन्य तोप २०८८ , रकेट प्रोजेक्टर १९३५ वटा रहेको छ । १९ बिलियन भन्दा बढी अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

पाकिस्तान

सैन्य क्षमताका हिसाबले पाकिस्तान १४ औं स्थानमा रहेको छ । २० करोड ७८ लाख भन्दा बढी जनसंख्या भएको देशमा १२ लाख ४ हजार सैनिक छन् । सेनासँग भएको १३७२ विमानमध्ये ३५६ युद्धविमान छन् ।

This image has an empty alt attribute; its file name is 082a8fdc-7f4c-4318-a00f-aa6f9de25737.jpg

पाकिस्तानले ९० आक्रमण गरेको छ भने २९ वटा विषेश लक्ष्य लिएको छ । युद्धमा प्रयोग गरिने यातायात ४९, प्रशिक्षक ५१३ रहेका छन् । ३४६ वटा हेलिकोप्टरमध्ये ५६ वटा युद्ध गर्ने हेलिकोप्टरहरु छन् ।

त्यस्तै २१२०० वटा ट्यांक, सैनिक यातायत ७३३०, आफै चल्ने तोप ४२९, अन्य तोप १२६ र रकेट प्रोजेक्टर १०० वटा रहेका छन् । पाकिस्तानले ११ बिलियन भन्दा बढी अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

उत्तर कोरिया

उत्तर कोरिया २५ औँ स्थानमा रहेको छ । २५ करोड ३८ लाख भन्दा बढी जनसंख्या भएको १८ लाख ८० हजार सैनिक छन् । सेनासँग भएको ९४९ विमानमध्ये ४५८ युद्धविमान छन् ।

This image has an empty alt attribute; its file name is north-korea-army-768x512.jpg

उत्तर कोरियाले ११४ आक्रमण गरेको छ । युद्धमा प्रयोग गरिने यातायात४, प्रशिक्षक १६९ रहेका छन् । २०४ वटा हेलिकोप्टरमध्ये २० वटा युद्ध गर्ने हेलिकोप्टरहरु छन् ।

त्यस्तै उत्तर कोरियासँग ६०४५ ट्ंयाक, सैनिक यातायात १००००, आफै चल्ने तोप ८००, अन्य तोप एक हजार , रकेट प्रोजेक्टर २११० वटा रहेका छन् । १ दशमलव ६० विलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

नेपाल

This image has an empty alt attribute; its file name is Nepali-Army-768x512.jpg

सैन्य क्षमताका हिसाबले नेपाल १२२ औँ स्थानमा रहेको छ । लागभग ३ करोड जनसंख्या भएको नेपालमा ९५ हजार सैनिक छन् । नेपालसँग १६ वटा विमान, तीन वटा युद्धमा प्रयोग गरिने यातायात, १३ वटा हेलिकोप्टर २१४ वटा सैनिक यातायात, ८४ वटा तोप मात्रै छ ।

LIVE TV