२२ माघ २०७६, बुधबार

काठमाडौं, २२ माघ । रौतहटमा निर्माणाधीन नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनधिकृत रूपमा निर्माण थालेको भन्दै त्यसविरुद्ध अधिवक्ता सुजित केसीले मंगलबार रिट दायर गरेका हुन् । रिटमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, फुटबल संघ लगायतलाई विपक्षी बनाइएको छ ।

रिटमा एन्फा अध्यक्ष कर्र्मािछरिङ शेर्पाले कार्यसमिति समेतलाई जानकारी नदिई फिफाबाट प्राप्त ४ करोडभन्दा धेरै नेपाली रुपैयाँ नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण गर्ने भन्दै सरकारी वनक्षेत्रको जग्गा कब्जा गरी निर्माण सुरु गराएका उल्लेख छ ।

उक्त खेलमैदानमा एकेडेमी निर्माणका लागि कानुन बमोजिमको निर्णय नभएको, वातावरणीय प्रभाव मूल्यांकन नगरिएको, अध्यक्ष र महासचिवले कार्यसमितिलाई जानकारी नगराएको भन्दै निर्माण रोक्न माग गरिएको छ ।

LIVE TV