२१ माघ २०७६, मंगलवार

काठमाडौं, २१ माघ । सेवा निवृत्त सचिव प्रेमकुमार राईले अवधि अगाडि नै पदबाट राजीनामा गरेको प्रसंगले चर्चा पाएको छ । राईले अवकास पाउन दुईदिन बाँकी रहँदा राजीनामा गरेर लोभ देखाएको आरोप लागेको छ ।

निजामति सेवा ऐन २०४९ को दफा ३७ को ३ मा २०४९ साल कार्तिक २१ गते भन्दा अगाडि निजामती सेवामा बहाल रहेका कर्मचारीले ३० वर्ष सेवा गरिसकेपछि स्व–इच्छाले अवकास लिन सक्ने उल्लेख छ । यसरी २०४९ साल कातिक २१ गते भन्दा अघिदेखि निजामती सेवामा बहाल भै ५८ वर्ष पुरा भएको कारणबाट स्वतः अवकाश प्राप्त कर्मचारीको उमेर ६० वर्ष हुन जति बाँकी छ त्यो अवधि थपगरि नीजको सेवा अवधि कायम गरिने उल्लेख छ ।

यही दफालाई टेकेर राईले अवकाश हुनुभन्दा दुई दिन अगाडी नै राजिनामा दिए । अवकाश हुनु भन्दा केही दिन अगाडी राजिनमा दिएका कारण राईको पेन्सनमा ३ देखि ४ हजार रुपैयाँकोबीचमा बढ्छ । निजामति सेवाको उपल्लो पद राजपत्राङकीत विशिष्ठ श्रेणी अर्थात सचिव समेतले केही रकम बढी आउने लोभ राख्दा कर्मचारीतन्त्रको मनोदशा चित्रण गर्ने जानकारहरु बताउँछन् । तर, कतिपयले ऐनमै भएको व्यवस्थालाई टेकेर सुविधा लिनु स्वभाविक हुने बताउँछन् ।

अवकासको केही समयअघि राईले झै सुविधा लिन खोजेका पूर्व सचिव ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारीको राजिनामा भने सरकराले अस्वीकार गरेको थियो । र उनीहरु नियमित अवकासमा परेका थिए । पूर्व मुख्य सचिव डा. विमल प्रसाद कोइराला पनि ऐन अनुसार सुविधा लिनुलाई अन्यथा मान्न नहुने बताउँछन् ।

सेवा सुविधा बढाउने खेलमा मात्र होईन बढी सेवा सुविधा पाउँदा अन्यत्र क्षेत्रमा जागिर खान जाने चलन पनि छ । नेपाली व्यूरोक्रेसीको यो मनोदशाले मुलुककै पद्धति प्रष्ट्याउने कतिपयको भनाइ छ ।

LIVE TV