२१ माघ २०७६, मंगलवार

डडेल्धुरा, २१ माघ । आफ्नै १६ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवालाई नियन्त्रणमा लिएको छ ।

डडेल्धुरामा विगत ६ महिनादेखि आफ्नै बुवाले छोरीलाई विभिन्न डर त्रास देखाउँदै जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पटक–पटक जबरजस्ती करणी गरेको भन्दै पीडित छोरीले जाहेरी दिएपछि बुवालाई नियन्त्रणमा लिएको जनाइएको छ । पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई सोमबार नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिएका उनलाई मंगलबार जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरेको छ । उनीमाथि अनुसन्धान गर्नको लागि डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको छ ।

LIVE TV