२१ माघ २०७६, मंगलवार

काठमाडौँ, २१ माघ । जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर त्यहाँको जिम्मेवारी नपाएकी एसपी गंगा पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

उनलाई प्रहरी प्रधान कार्यालयले मंगलबार पर्सा सरुवा गरेको हो । पन्तसंगै ७ एसपीको काज सरुवा गरिएको छ । यसअघि चितवनमा सरुवा भएर पनि रमाना नपाएकी प्रहरी उपरीक्षक गंगा पन्तको ठाँउमा एसपी नातीराज गुरुङलाई पठाइएको छ ।

सरुवा भएर पनि जिम्मेवारी नदिइएपछि गंगा पन्तको विषयमा चर्चा चुलिएको थियो । गंगाले प्रचण्डको फोटाेमा ‘रिप’ लेखेको भन्दै उनको आलोचना समेत गरिएको थियो ।

महानगरीय प्रहरी परिसरमा काठमाडौंमा सोमेन्द्र सिं राठौर, दंगा नियन्त्रण गण सुनवलमा विकासराज खनाल, गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा मोहनप्रसाद पोखेरललाई जिम्मेवारी दिइएको छ।प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा एसपी अशोक सिंहलाई ल्याइएको छ।

LIVE TV