२१ माघ २०७६, मंगलवार
  • तारा आचार्य

विराटनगर, २१ माघ । नोवेल कोरोना भाइरसको संक्रमणको आशंका बढ्दै गए पछि प्रदेश नम्बर १ सरकारले सीमा जोडिएका नाकाहरुमा विशेष सर्तकता अपनाउदै आवत जावत गर्नेहरुमा निगरानी थालेको छ ।

मंगलवार विराटनगरमा प्रदे्श १ आंतरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश सरकारले प्रदेश १ मा भारत संग सिमा जोडिएका जिल्लाहरु झापाको काकढभिट्टा , इलामको पशुपतिनगर र मोरङको विराटनगर स्थित रानी जोगवनी नाकामा स्वास्थ्यकर्मी सहितको हेल्थ डेक्स संचालनमा ल्याएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनु भयो ।

उहाँले चिन संग सिमा जोडिएका जिल्लाहरु ताप्लेजुङ ,संखुवासभा, किमाथान्का र ओलाङचुङगोलामा आवश्यक खाद्यन्न आपुर्तीका लागि आवश्यक पहल कदमि थाल्ने बताउनु भयो ।

यस प्रदेश भित्रका सम्भावित संक्रमणलाई न्यून गर्दै जनताको जीउधनको रक्षा गर्नको लागि प्रदेश सरकारले प्रतिवद्धताका साथ विराटनगर स्थित कोशी अस्पताल , मेची अस्पताल झापा भद्रपुर, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वि एण्ड सि अस्पताल विर्तामोढ, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा आवश्यक व्यवस्थापन मिलाइने भएको छ ।

उक्त कार्यक्रममा प्रदेश १ शुरक्षा निकाय प्रमुखहरु स्वस्थ्यकमीहरु मन्त्रालयका सचिवहरु सरकारी निकायका प्रतिनिधीहरु संघ संस्थाका प्रतिनिधीहरु साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

LIVE TV