२१ माघ २०७६, मंगलवार
  • सुरेश श्रेष्ठ

दाङ, २१ माघ । थारुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले २०७२ सालमा कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्ने बताएका छन् ।

उनले घटनालाई राजनीतिक सम्वोधन गरेर निकास दिनु र घटनाको छानविनका लागि गठित समिति र आयोगको प्रतिवेदन सहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरे । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग समेत गरे ।

घटनाका दोषीलाई तत्काल कारबाही गर्नु पर्ने बताए । त्यो घटनाले सबैलाई पीडा दिएको र मर्माहत बनाएको भएपनि थारु जातीहरुको अपमान हुनेगरी भएका गतिविधीले थारुहट आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना भएको बताए । उनले संविधान जनजाती आदीवासी र थारुहरुका लागि जस्ताकोतस्तै स्वीकार्य नभएको भन्दै केहि बुँदाहरु संसोधन र खारेजीको आवश्यकता रहेको बताए ।

वर्तमान सरकारका कारण थारु समुदायले आन्दोलनको तयारी गर्नु बाध्यता भएको भन्दै सरकारको निरङकुशताको अन्त्य हुनु पर्ने बताए । केपी ओली नेतृत्वको सरकार भष्ट्राचारी, राष्ट्रघाती, तानाशाही भएको आरोप समेत लगाए । उनले भने भष्ट्राचारी कम्युनिष्ट सरकारका विरुद्धमा आन्दोलन गर्नु पर्ने अवस्था आएको र त्यसका लागि पहिचानवादी मोर्चाहरु एक भइसकेको बताए ।

प्रधानमन्त्री ओलीले थारु जातीको भावना र पहिचानमा खलबल पुर्याएको भन्दै शासकहरुका बिरुद्धमा आन्दोलन सुरु गर्नु परेको बताए । उनले मोर्चाले १४ बुँदे माग सरकारलाई बुझाएको र त्यो माघ मसान्त भित्रमा पुरा नभएमा फागुन १ गते देखि आन्दोलन सुरु गर्ने बताए ।

उनले पहिचान पक्षधर र आन्दोलनरत पक्षको संयुक्त पहलमा कैलालीबाट सुरु गरिने र आन्दोलनले तिव्रता लिने बताए ।

LIVE TV