२१ माघ २०७६, मंगलवार

काठमाडाैँ, २१ माघ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा केन्द्रीय कमिटीको बैठक समीक्षा र पार्टी एकताका बाँकी काम टुंगो लगाउन अध्यक्षद्वयबीच छलफल भएको हो ।

अध्यक्षद्वयबीच केन्द्रीय कमिटी बैठकको समीक्षा, एमसिसीका बारेमा निर्णय गर्न बनाइएको कार्यदल र पार्टी एकता टुङ्ग्याउने विषयमा छलफल भएको बताइएको छ ।

यस्तै, तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बने पनि पार्टीका कतिपय जनवर्गीय संगठनबीच एकताको कामका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकको समापनमा अध्यक्ष दाहालले १५ दिनभित्र पार्टी एकता टुङ्ग्याइसक्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

LIVE TV