२१ माघ २०७६, मंगलवार
  • उत्तर बिष्ट

डडेल्धुरा, २१ माघ । संघीय संरचना अनुसार सबैभन्दा तल्लो तहमा रहको स्थानीय सरकारले घरआँगनमै सेवा प्रदान गर्न थालेपछि स्थानीय वासिन्दा हर्षित भएका छन् । स्थानीय सरकारहरुको आलोचना भईरहेका वेला डडेल्धुराको अमरगढी नगरपालिकाका स्थानीय भने जनप्रतिनिधीले गरेको कामको खुलेर प्रशंसा गरिरहेका छन् ।

अमरगढी नगरपालिकाको वडा नं. ११ को कार्यालयले वडामा रहेका ज्येष्ठ तथा असहाय नागरिकहरुलाई चिसोको समयमा न्यानो लुगा वितरण गरेपछि यहाँका स्थानीय निकै खुसी भएका छन् । ज्येष्ठ नागरिकहरुले न्यानो लुगा पाएपछि दंग पर्दै वडा अध्यक्ष र नगर प्रमुखको गित मार्फत प्रशंसा सहित आशिर्वाद समेत दिए ।

स्थानीय जनप्रतिनिधीले जनअपेक्षा अनुरुप गरेको कामप्रति अमरगढी नगरपालिकाका जनता निकै प्रभावित छन् । आफ्ना समस्याहरुलाई निकै नजिकबाट हेरेको र समस्या पर्दा अभिभावकको रुपमा काम गरिरहेको स्थानीयबासी बताउछन् ।

आफुहरुले जनताका लागि आवश्यकताका आधारमा काम गरिरहेको जनप्रतिनिधीहरु बताउँछन् । नगरपालिकाले गर्ने कामहरुलाई अत्यावश्यक, अल्पकालिन र दिर्घकालिन गरि कार्ययोजना निर्माण गर्नुका साथै घरदैलोमै सेवा प्रदान गरिरहेको जनप्रतिनिधीको भनाइ रहेको छ ।

स्थानीय तहले राम्रा कामपनि गरेका छन् भन्ने उदाहरण अमरगढी नगरपालिकामा देख्न सकिन्छ । यहाँका जनप्रतिनिधीहरुले आमजनताका लागि अत्यावश्यक सेवा सुविधा शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, सडक तथा अन्य विकासका पुर्वाधारहरु पुरा गर्नुका साथै जनताको भरपर्दो सरकारका रुपमा उभिएपछि अमरगढी नगरपालिकाका स्थानीय वासिन्दा हर्षित भएका हुन् ।

LIVE TV