२१ माघ २०७६, मंगलवार
  • ज्योति कुमार पन्थी

गुलरिया, २१ माघ । विद्यार्थीलाई गाडीले ठक्कर दिएपछि बबई बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी आन्दोलित बनेका छन् । उक्त क्याम्पसमा बि एड तेस्रो सेमेस्टरमा अध्यनरत छात्रा रेश्मा कुमारी चौधरीलाई गाडीले ठक्कर दिएपछि मंगलबार बबई बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न८ बस्ने घाइते छात्रा रेश्मा कुमारी चौधरीलाई भे १ ज १११३ नं.को यात्रु वाहक विंगर गाडीले क्याम्पस जादै गर्दा तुलापुर चोकमा ठक्कर दिएको थियो । सहपाठी घाइते बनेपछि विद्यार्थीहरुले क्याम्पस रुटमा चल्ने सवारीलाई रोक लगाएर आन्दोलन गर्नु परेको क्याम्पसमा अध्यनरत विद्यार्थी जयराम बिसिले बताए ।

LIVE TV