२० माघ २०७६, सोमबार
  • राजिव खत्री

काठमाडौँ, २० माघ । सक्रिय फेसबुक ग्रुप मेन्ज रुम रिलोडेड (एम.आर.आर.) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ३ लाख ५ हजार बराबरको सामग्री प्रदान गरेको छ ।

एम.आर.आर.को संयोजनमा देश भित्र र बाहिरबाट संकलित रकमबाट आविश्कार केन्द्रलाई आवश्यक पर्ने मेसिनरी सामानहरु खरिद गरेर आज प्रदान गरेको हो ।

सहयोग सामग्री प्रदान कार्यक्रममा बोल्दै आविश्कार केन्द्रका अगुवा महाविर पुनले युवाहरुको समूहले प्रदान गरेको सामग्रीले आफुहरुको आवश्यकतामा सहयोग पुगेको बताउँनु भयो । उहाँले भन्नु भयो, ‘आर्थिक र मेसिनरी सहयोगसँगै युवाहरुले केन्द्रलाई बौद्धिक सहयोग पनि गर्न आवश्यक छ । यस्तै फेसबुकमार्फत नै एम.आर.आर.ले आविश्कार केन्द्रलाई थप मानिसहरुसम्म पुर्याउँन र यसको उद्देष्यलाई विस्तारित गर्न सहयोगी हुने छ ।’

एम.आर.आर.को आविश्कार केन्द्र सहयोग कार्यक्रमलाई संयोजन गर्नु भएका गणेश कार्कीले आविश्कार केन्द्रलाई गरिएको एम.आर.आर.को यो सहयोग आर्थिक भन्दा बढि ऐक्यवद्धता भएको बताउँनु भयो । नेपाली युवाहरुले समाजका नराम्रा कुराहरुको खबरदारी गर्ने मात्र होइन, राम्रा कुराहरुलाई प्रोत्साहन गर्न पनि जागरुक छन् भन्ने सन्देश दिन यो पहलकदमी गरिएको बताउँनु भयो ।

फेसबुकमा सक्रिय रहेको एम.आर.आर. गु्रप नेपाली युवाहरुबिच एकदमै चर्चित फेसबुक गु्रप हो । यसमा १८ बर्ष नाघेका पुरुष मात्र सदस्य रहन पाउँछन् । विभिन्न सामाजिक मुद्दाहरुमा अगुवाइ गर्ने गरेको एम.आर.आर. ले हरेक अंग्रेजी महिनाको तेस्रो शनिबार नियमितरुपमा मानसिक स्वास्थ्य बारे जानकारी तथा आत्महत्याका विरुद्धमा सामाजिक साइट मार्फत सन्देशमुलक कार्यक्रमहरु गरिरहेको छ ।

LIVE TV