२० माघ २०७६, सोमबार
  • दान बहादुर बुढा

मुगु, २० माघ । हिमाली जिल्ला मुगुमा नोवेल कोराना भाईरसका बारेमा सचेतना जगाउन बजारमा ¥याली निकालिएकोे छ । प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार मुगु सदरमुकाम गमगढीमा नोवेल कोराना भाईरसबाट बच्ने उपायका बारेमा जनचेतना जगाउदै बजार परिक्रमा गरी नागरिकलाई सचेत गराईएको हो ।

छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण चिन संग सिमा जोडिएका जिल्लामा फैलन सक्ने भन्दै सचेतना कार्यक्रम गरिएको हो । एक महिनादेखि चीनबाट महामारीको रूपमा फैलिएको नोवल कोरोन भाइरस विश्वका धेरै देशहरूमा फैलिएपछि चीनसंग सिमा जोडिएको यस जिल्लामा पनि फैलिन सक्ने भन्दै नागरिकलाई यस रोगका बारेमा सचेतना गराईएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

स्वास्थ्य सेवा कार्यालय मुगुका डाक्टर नहकुल शाहीले नोवेल कोराना भाइरसका लक्षण र रोकथामका उपायका बारेमा नागरिक स्तरमा प्रष्ट पारे । उनले कसैलाई यो रोग लागेको शंका लागेमा तुरुन्तै जिल्ला अस्पतालमा गई समयमै उपचार गराउन सुझाव समेत दिए ।

मुगु सदरमुकाम गमगढीबाट चीनको सिमा ९१ किलोमिटर मात्रै टाढा रहेको कारण सचेतना अभियान चलाइएको हो ।

LIVE TV