२० माघ २०७६, सोमबार

काठमाडौँ, २० माघ । सोमबार शेयर बजार परिसूचक नेप्से २ दशमलव ४ नौ अंकले बढेको छ । एक हजार ३ सय ४९ दशमलव १ तिन अंकको बिन्दु कायम भएको आइतबारको बजारमा करिब १ अर्ब ६१ करोड रुपैंया माथिको कारोबार भएको छ । यो रिपोर्ट

सोमबार शेयर बजार परिसूचक नेप्से २ दशमलव ४ नौ अंकले बढ्दै १ हजार ३ सय ४९ दशमलव १ तिन अंकको बिन्दु कायम भएको छ । त्यसैगरी सेन्सेटिभ परिसूचक सोमबार १ दशमलव १ छ अंकले बढेर २ सय ८७ दशमलव ९ एक अंकको बिन्दुमा पुगेको छ ।

सोमबार १ सय ७७ कम्पनीको करिब १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ । सोमबार ४७ लाख ४८ हजार ८ सय २९ कित्ता सेयर खरिद बिक्री भएका छन् । १२ समूहको कारोबार भएको सोमबारको बजारमा ५ समूहका सूचक बढेका छन् भने बाँकी समूह घटेको छ ।

सबैभन्दा धेरै सोमबार निर्जीवन बिमा समूहको सूचक ५९ दशमलव २ सात अंकले बढेको छ । वाणिज्य बैंक समूह भने सोमबार ३ दशमलव ३ छ अंकले घटेको छ । खरिदबिक्री रकममा नेको इन्सुरेन्सले अग्रस्थान लिएको छ । इन्सुरेन्सको ६ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसैगरी, ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने र नेपाल इन्सुरेन्स तेस्रो स्थानमा परेको छ । सोमबार गरिमा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ९ दशमलव ३ छ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी सोमबार सबैभन्दा धेरै गुमाउनेमा मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले ५ दशमलव २ दुई प्रतिशतका का दरले गुमाएका छन् ।

LIVE TV