२० माघ २०७६, सोमबार
  • राजन परियार

सिन्धुली, २० माघ । सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका क्षेत्र लागूपदार्थ उत्पादन तथा ओसारपसारको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ । उक्त क्षेत्रमा प्रहरीले लगातार फडानी गरिरहेको बेला ठूलो परिणाममा लागू औषध गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्लाको हरिहरपुरगढी गाउँपालिका–७, क्यान भुताहा सडक खण्ड अन्तरगत केमनचुली स्थित ५५ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी बरामद गरिएको गाँजा र अभियुक्त सार्वजनिक गरेको छ ।

जिल्लाको हरिहरपुरगढीबाट सर्लाही तर्फ जाँदै गरेको ना ५८ प ८५१, ना ४६ प २३१० र ज ७ प २४१६ नम्वरको तीन वटा मोटरसाईकल चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको डिएसपी श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

गाँजा सहित पक्राउ हुनेमा हरिहरपुरगढी गाउँपालिका ७ का १८ बर्षीय सन्तोष स्याङतान सोही ठाउँका बर्ष १८ का आकास बल, बर्ष २४ का अंकित मोक्तान, बर्ष २४ कै सरोज स्याङतान, मरिण गाउँपालिका २ का ३५ बर्षीय तिलकध्वज मोक्तान र बागमती नगरपालिका ४ सर्लाहीका २४ बर्षीय श्रवण कुमार वाईवा रहेको डिएसपी खत्रीले बताउनुभयो ।

तीन वटा मोटरसाईलमा सर्लाही तर्फ विक्री गर्न लैजादै गरेको गाँजाको पाँच–पाँच केजीको ११ वटा प्याकेट, उनीहरुसँग भएको ६ थान मोवाईल र नगद प्रहरीले बरामद गरेको खत्रीको भनाई छ ।

LIVE TV