२० माघ २०७६, सोमबार

चितवन, २० माघ । नेपाली समाजका श्रीमान् वैदेशिक रोजगारमा गएको बेला पारेर श्रीमती श्रीमान छोडेर अर्कैसँग गएका समाचार अब सामान्य जस्तै भइसके । यसरी आँफ्नो श्रीमान छाडेर आर्कैसँग बिहे गर्दा कयाैं ब्यक्तिको घर उजाडिएको छ ।

तर चितवनमा भने श्रीमती छाडेर श्रीमान् अर्कैसँग भागेका छन् । चितवनको कालिका नगरपालिका स्थित पदमपुर निवासी अमर बोट गत पुस १७ गतेबाट आफ्नी श्रीमती छाडेर अर्कै महिलासँग भागेको श्रीमती सिरु बोटको आरोप छ ।

रोजगारको सिलसिलामा मलेसियामा रहेका अमर बोट गत मंसिर २६ गते नेपाल आएको र पुस १७ गतेबाट श्रीमतीले खोजेको २ लाख ५० हजार ऋण लिएर अर्कै महिलासँग भागेकाे बताइएकाे छ ।

श्रीमती सिरु बोटका अनुसार अमरले दाङको छाउनी डाँडाँकी तारा नेपालीलाई लिएर भागेका हुन् । अमरले श्रीमतीलाई आफू अब बिदेश नजाने र नेपालमै माछाको व्यवसाय गर्ने भन्दै रकम खोज्न लगाएका थिए । श्रीमानले व्यवसाय गर्ने भए भन्दै सिरुले ब्याजमा रकम खोजेकी थिइन् । तर उक्त रकम लिएर अमर अर्कै महिलासँग भागेपछि सिरूकाे बेहाल भएकाे छ ।

अमर सिरुलाई छाडेर तारासँग भागेको केही दिनसम्म त उनले आफु भारतमा तारासँग रहेको भन्दै सम्पर्कमै रहेका थिए । तर हाल अमर सम्पर्कविहीन रहेका छन् ।

सिरुले आफ्ना श्रीमान विदेश हुँदा तारासँग सम्बन्ध रहेको र नेपाल आएपछि दुबैजना भागेको बताएकी छन् ।

सिरु बोटको दुई वर्षपहिले मात्रै अमरसँग बिहे भएको थियो । बिहेलगत्तै मलेसिया गएका अमर दुई वर्षपछि फेरि आर्केै महिला लिएर फरार भएका हुन् । यसरी आफूलाई बिचल्लीमा पारेर श्रीमान बेपत्ता भएपछि सिरुले सबै समक्ष खोजी गरिदन अपिल गरेकी छन् ।

LIVE TV