भारतसँग जाेडिएकाे जमुनाहा नाकामा ‘कोरोना हेल्थ डेस्क’



प्रकाशित मिति : Feb 03, 2020
label

बाँके, २० माघ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ ।

सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए ।

डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शङ्कास्पदको स्वास्थ्य परीक्षण गर्नेछ । यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com