इंग्लिस प्रिमियर लिग : टोटेनहमसँग म्यानचेस्टर सिटी पराजित



प्रकाशित मिति : Feb 03, 2020

एजेन्सी, २० माघ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी टोटेनहम हस्टपरसँग पराजित भएको छ । आइतबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीसँग सिटी २-० गोल अन्तरले पराजित भएको हो ।

टोटेनहमलाई जित दिलाउनको लागि स्टेभेन वर्गविज्न र ह्युङ मिन सनले गोल गरे । टोटेनहमले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफमा सिटीले पेनाल्टी पाए पनि गोल गर्नबाट चुकेको थियो । सर्जी औरियरले सर्जियो अगुइरोलाई लडाएपछि रेफ्रीले भिएआरका सहायतामा ३८औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर, इकेए गुन्डोगानको पेनाल्टी टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले बचाएका थिए ।

६०औं मिनेटमा ओलेक्सन्डर जिनचेन्को दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि टोटेनहमले गोल गर्ने मैका पायो । ६३औं मिनेटमा स्टेभेनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

७१औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले टंगे एनडोम्बेलेको पासमा गोल गर्न सफल भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी टोटेनहमसँग २-० गोल अन्तरले पराजित भयो ।

यो हारसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँग २२ अंकले पछि परेको छ । २५ खेलबाट सिटीले ५१ अंक जोड्दै दोस्रो स्थानमा छ भने समान खेल खेलेको लिभरपुलको ७३ अंक छ ।

सिटीलाई पराजित गरेको टोटेनहम ३७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com