२० माघ २०७६, सोमबार

एजेन्सी, माघ २० । स्पेनिस ला लिगा अन्तगर्त बार्सिलोनाले लेभान्टेमाथि महत्वपूर्ण जित निकालेकाे छ। आइतबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

कप्तान लियोनल मेस्सी र युवा स्टार अन्सु फातीको उत्कृष्ट तालमेलमा बार्सिलोनाले महत्त्वपूर्ण जित निकाल्न सफल भयो । बार्सिलाेनालाई जित दिलानउकाे लागि युवा स्टार फातीले दुई मिनेटको बीचमा २ सुन्दर गाेल गरे भने दुवै गाेलका लागि कप्तान मेस्सी असिस्ट गरे ।

खेलकाे ३० औं मिनेटमा फातीले गाेल गर्दै बार्सिलाेनालाई अग्रता दिलाएका थिए । उनले कप्तान मेस्सीको लामो पासमा गाेल गरेका थिए । पहिलो गोल गरेको एक मिनेटमै फातीले दोस्रो गोल गरे । मैदानको माथिल्लो भागमा मेस्सीले चलाखीपूर्वक दिएको पास सदुपयोग गर्दै फातीले अग्रता देब्बर बनाए ।

पहिलाे हाफमा २ गाेल गरेकाे बार्सिलाेनाले दाेस्राे हाफमा भने गाेल गर्न सकेन । पाहुना टोली लेभान्टेले भने एक गाेल फर्कायाे । इन्जुरी समयमा रुबेन रोचिनाले गोल गरे पनि खेल २-१ गाेल अन्तरले बार्सिलाेनाले जित्याे ।

यो सिजन पहिलो लिगमा बार्सिलाेना लेभान्टेसँग ३-१ गाेल अन्तरले पराजित भएकाे थियाे ।

याे जितसँगै बार्सिलाेनाले शीर्षस्थानमा रहेकाे रियल मड्रिडसँगकाे अंकदुरी घटाएकाे छ । २२ खेलबाट बार्सिलाेनाले ४६ अंक जोडेर लिगको दोस्रो स्थानमा छ भने समान खेल खेलेकाे रियल मड्रिड ४९ अंकसहित लिगकाे शीर्षस्थानमा रहेकाे छ । पराजित लेभान्टे २६ अंकसहित १३औं स्थानमा छ ।

LIVE TV