१९ माघ २०७६, आईतवार
  • अविरल बस्नेत

दोलखा, १९ माघ । दोलखामा गोरु काट्दै गरेका एक जनालाई नियन्त्रणमा लिएको छ।

मासु खानकाे लागि गोरु काट्दै गरेका जिरी नगरपालिका वडा नम्बर ३ काप्साका २४ वर्षीय मिङमा शेर्पालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

मासु खाने प्रयोजनका लागि गोरु काटेको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगि शेर्पालाई प्रमाणसहित नियन्त्रणमा लिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार नियन्त्रणमा लिएका शेर्पालाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

LIVE TV