१९ माघ २०७६, आईतवार
  • तारा आचर्य

विराटनगर, १९ माघ । विराटनगरस्थित बुधनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकीबाट माघ १८ गतेदेखि आयात- निर्यात सुरु भएको छ । सो एकीकृत जाँच चौकीको माघ ७ गते एक कार्यक्रमको आयोजना गरी दुवै देशका प्रधान मन्त्रीले स्वीच थिचेर उद्घाटन गर्नुभएको थियो ।

उक्त एकीकृत जाँच चौकीमा भन्सार , बैंक , क्पारेन्टाइन र सुरक्षा निकायका कार्यलयहरु स्थापना गरेसंगै आयात निर्यात सुरु भएको ट्रान्स नेपाल फ्रेट सर्भिसका प्रबन्धक गणेश प्रसाद घिमिरेले जानकारी दिनुभयाे। अझै पनि भन्सार एजेण्टको कार्यलयहरु स्थापनामा केही समय लाग्ने र पार्किङ एरिया बढाउनुपर्ने भएकाले एकिकृत जाँच चौकी पूर्ण क्षमतामा संचालन हुन दुई साता लाग्ने बताइएको छ ।

तेस्रो मुलुकबाट सामान बोकेर आएका कन्टेनर र भारतबाट दैनिक करिब ३ सय वटा मालवाहक ट्रक, कन्टेनर र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु नेपाल प्रवेश गर्ने गरेको छ । एकीकृत जाँच चौकी भएर आयात निर्यात कार्य सुरु भएपछि रानी नाकामा भने विराटनगर भन्सारको यात्रु कक्ष संचालन गर्ने तयारी भइरहेको विराटनगर भन्सार कार्यलयले जनाएको छ । सो एकीकृत जाँच चौकी १ सय २९ विघा क्षेत्रफलमा निर्माण गरिएको हो ।

LIVE TV