१९ माघ २०७६, आईतवार

काठमाडौं, १९ माघ । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी शौरभ शमशेर राणाले आत्मसमर्पण गरेका छन् ।

आरोप लागेका उनी यसअघि निलम्बनमा परेका थिए । प्रहरी अनुसन्धानलाई सघाउन भन्दै राणा आइतबार दिउँसो आफैँ जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर आत्मसमर्पण गरेका हुन् । निलम्बनमा परेका राणाविरुद्ध झापाकी एक विवाहित महिलाले यौन दुर्व्यवहारको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनी विवादमा तानिएका थिए ।

एसएसपी राणालाई प्रहरी हेडक्वार्टरले बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरी पक्राउ गर्ने तयारी थालेको थियो ।

LIVE TV