१९ माघ २०७६, आईतवार
  • ज्योति कुमार पन्थी

बर्दिया, १९ माघ । नगरपालिकाका विपन्न परिवारलाई नगर र वडाले न्यानो कपडा वितरण गरिएको छ ।

आइतबार वडा कार्यलयले आर्थिक अवस्था कम्जोर रहेका व्यक्तिहरुलाई धमाधम न्यानो कपडा वितरण गरेको छ । गुलरिया नगरपालिका वडा नं. ९ ले वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी एक सय जना एकल महिला र जेष्ट नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।

एकल महिला, जेष्ट नागरिक र विपन्न परिवारका लागि नगरपालिका र वडाले नगर सरकार भएको अनुभुति दिलाएको स्थानीय बताउँछन् । पछिल्लो समय नगरपालिका र वडा कार्यलय गाउँका विपन्नलाई न्यानो कपडा वितरण गर्न तल्लिन रहेको कारण स्थानीयले नगर सरकारको अनुभुति गर्न थालेको गुलरिया नगरपालिका वडा नं. २ का वडा अध्यक्ष टंक अधिकारीले बताए ।

गुलरिया नगरपालिकाको वडा काार्यलयले नागरिकका लागि आफ्नो महत्वाकांक्षि योजनाहरु सार्वजनिक गरिरहेको छ । पछिल्लो समय स्थानीय सरकारले आफ्ना नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरको गुलरिया नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हरि प्रसाद पासवानले बताए।

LIVE TV