१९ माघ २०७६, आईतवार

काठमाडौँ, १९ माघ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग(तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा सैद्धान्तिक छलफल भएको छ ।

छलफलमा भाग लिँदै सांसद प्रकाश पन्थले सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण बुुझाउन नपर्ने व्यवस्था गरेकामा उचित नभएको बताउनुभयो । सांसद वृषेशचन्द्र लालले अनुचित कार्यलाई प्रोत्साहन गर्ने गरी प्रावधान ल्याइएको जनाउँदै आयोगको पारदर्शिताबारे विधेयकले बोल्नुपर्ने जनाउनुभयो ।

सांसद प्रमिला कुमारी र जीतेन्द्रनारायण देवले भ्रष्टाचारमुक्त मुलुक बनाउने हो भने आयोगलाई नै भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताउनुभयो । सांसद ठगेन्द्रप्रकाश पुरीले वियधेक समय सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

LIVE TV