१९ माघ २०७६, आईतवार

काठमाडौँ, १९ माघ । नेपाली बजारमा केहि दिनअघि ओरालो लागेको सुनको मूल्य पूनः उकालो लागेको छ । शुक्रबार ३०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार भने ५०० रुपैयाँले बढेर फेरि उच्च बिन्दुमा पुगेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि पुस २३ गते सुन हालसम्मकै उच्च बिन्दु अर्थात् ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनसँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LIVE TV