१९ माघ २०७६, आईतवार

काठमाडौं, माघ १९ । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडी गोदाममा भीषण आगलागी भएको छ । आइतबार विहान करिब ११ बजे आगलागी भएको हो ।

आगालागीबाट दुई जना घाइते भएका छन् । गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ।

आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। के कारणले आगलागी भएको खुलेको छैन।

आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ।

LIVE TV