१९ माघ २०७६, आईतवार

काठमाडौं, १९ माघ । गत बुधबारदेखि जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट(नेकपा)को केन्द्रीय समिति बैठकमा समूहका टोली नेताले बोल्ने क्रम सकिएको छ ।

केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरी धारण राख्ने व्यवस्था गरिएकोमा शनिबार ११ समूहका टोली नेताले धारण राखेका छन् । ४ समूहका टोली नेताले शुक्रबार समूहको रिपोर्टिङ प्रस्तुत गरेका थिए।

शनिबार बोल्ने क्रममा केन्द्रीय सदस्यहरुले भ्रष्टचारीलाई मृत्युदण्डको सजायँ हुनुपर्नेदेखि, कालापानी समस्या, एमसीसी विवाद, पार्टीको गुटबन्दी लगायतका विषयमा आवाज उठाएकाे खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । ।

समूह ५ का टोली नेता ठाकुर गैरेले भ्रष्टचारीलाई मृत्युदण्ड दिने कानुन ल्याउनु पर्ने मत राखेका थिए । जनताको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरु ठेक्कापट्टामा सहभागी हुनु, त्यसमा पार्टीका नेताको नाम जोडिनुले नीतिगत भ्रष्टाचार देखिएको उनले दाबी गरे ।

रेणुले  दाहाल टोली नेता रहेको समूह १२ ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणलीमा जानु पर्ने माग राख्यो । टोली नेताका रुपमा धारणा राख्दै रेणुले एमसीसीबारे आफ्नो समूहमा तीन खालका मत देखिएको जानकारी गराइन । 

LIVE TV