१८ माघ २०७६, शनिबार
  • विनय तिम्सीना,

इलाम, १८ माघ । इलामको माङसेवुङ गाउँपालिकाको तितिरबोटेमा अवैघ हतियारसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले माङसेवुङ–३ का शिवकुमार राई र विशाल राई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले लोड गरिएको दुई थान भरुवा बन्दुकसहित बारुद र छर्रा पनि बरामद गरेको जनाएको छ ।

‘हतियारधारी मानिसहरुको गतिविधि रहेको छ’ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र ईलाका प्रहरी कार्यालय मंगलबारे इलामको संयुक्त प्रहरी टोलीले माङसेवुङ गाउँपालिकाको एरियामा खोजतलास एंव गस्ती गर्दै जाँदा गत बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले इलाम जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी हातहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LIVE TV