१८ माघ २०७६, शनिबार

भैरहवा, १८ माघ । जिल्ला ह्यान्डबल संघ रुपन्देहीको जिल्ला अधिवेशनले जीवन बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।

शनिबार भैरहवामा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले आगामी ४ बर्षका लागि बस्नेत सहित सबै पदाधिकारी एबं सदस्यहरु निर्विरोध चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा गम्भीर गुरुङ, सचिवमा सफल बस्नेत, कोषाध्यक्षमा चन्द्र प्रकाश न्यौपानेलाई निर्वाचित गरेको छ । त्यसै गरी युवराज पोखरेल, मनोरञ्जन शर्मा, राजकुमार गुरुङ, कृष्णबहादुर श्रेष्ठ, मनबहादुर पुन र कृष्ण बहादुर थापा सदस्यमा निर्बाचित भएका छन् ।

साधारण सभाले चैत २०७६मा काठमाण्डौमा हुने संघको केन्द्रीय अधिवेशनका लागि कृष्णबहादुर थापालाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

संघले जिल्लामा ह्यान्डबल संघको बिकास र खेलाडी उत्पादनका लागि प्रशिक्षण दिने र खेलका बिषयमा बिद्यालय स्तरबाटै अघि बढने निर्णय गर्दै तत्कालका लागि रुपन्देही जिल्लामा रहेका स्थानीय तहका सरकारी तथा निजी बिद्यालयका खेल शिक्षकहरुलाई ह्यान्डबल खेलको बारेमा प्रशिक्षण दिने जनाएको छ ।

LIVE TV