१८ माघ २०७६, शनिबार
  • राम गोपाल तमखु,

भक्तपुर, १८ माघ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–२ डेकोचा ख्वप नजिक सामान बोक्ने गाडी दुर्घटना हुँदा एकको ज्यान गएको छ ।

शुक्रबार राति चाँगुबाट आउँदै गरेको बा १३ च १०५० नम्बरको उक्त गाडी अनियन्त्रित भई पल्टिदा १७ वर्षीय उज्वल कासुलाको ज्यान गएको हो । कासुला भक्तपुर नगरपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दा हुन् ।

सो दुर्घटनामा परी गम्भीर घाइते बनेका कासुलालाई उपचारका लागि जनस्वास्थ्य कार्यालय च्याम्हासिंह लगिएको थियो, तर राति ११ः१७ बजे सम्बन्धित चिकित्सकले कासुलालाई मृत घोषणा गरेको थियो ।

कासुलाको शबलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उक्त गाडी र भक्तपुर नगरपालिका वडा नम्बर ६ का ३८ वर्षीय चालक राधेश्याम लवजुलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

अहिले थप अनुसन्धान भइरहेको परिसरको सूचना अधिकिृत प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी गराए ।

LIVE TV