१८ माघ २०७६, शनिबार
  • हरिकृष्ण गाैतम

म्याग्दी, १८ माघ । यहाँको पर्यटकीयस्थल खोप्राबाट गन्तव्यतर्फ फर्किने क्रममा अलपत्र परेका चार नेपालीलाई स्थानीयले फेला पारेका छन् ।

बाटो बिराएर -यालेखर्क आसपासको क्षेत्रमा अलपत्र परेका चारजनालाई स्थानीयले फेला पारेर हेलिकप्टर भएको क्षेत्रतर्फ ल्याउँदै गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

‘स्थानीयले खोँचबाट निकालिसक्नुभएको छ, अब स्वास्थ्य परिक्षण गरेपछि पठाउँछौँ,’ प्रजिअ ढकालले भने । उनका अनुसार सिम्रिक एयरको हेलिकप्टर उद्धार गरिएको क्षेत्रतर्फ जाने तयारी भइरहेको बताए ।

चारजनामध्ये एकजना बिरामी भएको बताइएको छ । स्रिमिक एयरमा प्रजिअसहितको टोली उक्त क्षेत्रमा पुग्ने तयारी भइरहेको छ ।

खोप्राबाट बिहिबार नारच्याङ हुँदै फर्किने क्रममा बाटो बिराएपछि अलपत्र परेका पोखराका अंकित शाहसहित चारैजनाको खोजीमा रहेका लेकगाउँका दुई स्थानीयले खोँचबाट आवाज सुनेर फेला पारेका थिए । खाेजमा गएका दुईजना स्थानीयले समेत गोठमा बसेर रात बिताएका थिए ।

शनिबार बिहानै उद्धारमा जुटेका थिए । खोजीकार्यमा प्रहरी र सशस्त्रको टोलीलाई स्थानीयले समेत साथ दिएका थिए ।

LIVE TV