१८ माघ २०७६, शनिबार

काठमाडाैं, १८ माघ । माथिल्लो भेगको वाग्मती सफाइ अभियानको ३१२ हप्ताको कार्यक्रम आज सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका स्थित टाईम लाइन स्कूलको नेतृत्वमा भएको वाग्मती सफाइ अभियान नयाँ शैलीमा गरिएकाे थियाे ।

सफाइ अभियानमा नयाँ पुस्ताका मान्छेमा मानवीय सभ्यताको प्रारम्भ, हाम्रो धर्म संस्कृतीमा नदीको महत्व, फोहोरमैलाबाट सिर्जना हुनसक्ने खतरनाक रोगहरु तथा हाम्रो स्वाभिमान र आत्मसम्मानका लागि सफाइको महत्वकाबारे जानकारी दिइएकाे थियाे ।

सफाइको शुरुआत आफैंबाट गर्न आग्रह सहित एकपल्ट वाग्मतीमा हात चोपल्न आग्रह गर्दै वाग्मती सफाइ गरिएकाे थियाे । उक्त अभियानमा विद्यार्थी तथा स्थानीय बुद्धिजीवि र अभियन्ता समेत २०० ज्यादाको सहभागिता रहेका थिए ।

वाग्मती सुन्दरता सरोकार मन्चको अगुवाईमा भएको सफाइ अभियानका दौरान कुहिने र नकुहिने फोहोरलाई बर्गिकरण गरिएको थियो । नदीबाट नकुहिने बस्तु फोहोरको रुपमा बाहिर निकाल्दै कुहिने बस्तुलाई नदी किनारमा नै ब्यवस्थित गरिएको थियो ।

सफाइ अभियानको प्रारम्भमा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी, अभियन्ता उत्तम पुडासैनी र टाईम लाईन स्कुलका अध्यक्ष नवराज रिजालले सफाइ अभियानको महत्व र आबश्यक्ताका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

३१३ हप्ता९२०७६ माघ २५ गते०को वाग्मती सफाई अभियानको नेतृत्व गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित जया मल्टिपल कलेजले गर्नेछ भने उक्त दिनको सफाई माकलबारी क्षेत्रमा गरिने छ ।

LIVE TV