१७ माघ २०७६, शुक्रबार
  • देवराज पन्त

मकवानपुर, १७ माघ । बागमती प्रदेशले गत श्रावण १ गतेदेखि गत पौष मसान्तसम्म चालु बजेटमा १०.१० प्रतिशत र पूँजीगत खर्च तर्फ ८.०८ प्रतिशत मात्रै खर्च गरेको छ । बागमती प्रदेशले यस अवधिमा कूल बजेटको जम्मा ९.१० प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

बागमती प्रदेशले गत ६ महिना अवधिमा गरेको खर्च विवरण यस प्रकार रहेको छ ।

बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका निमित्त प्रमुख नेत्र बहादुर कार्कीले जानकारी दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय बजेट निर्माण मात्रै गर्ने मन्त्रालय भएकाले यस आर्थिक वर्षको ६ महिनाको अवधिमा कुल बजेटको ६.९० प्रतिशत मात्रै खर्च गर्न सकिएको मन्त्रालयका लेखा प्रमुख होमनाथ रिजालले बताएका छन् ।

प्रदेशका ६ वटा मन्त्रालय मध्ये ४ वटा मन्त्रालयहरुले दोहोरो अंकको प्रतिशतमा समेत रकम खर्च गर्न सकेका छैनन् । सबैभन्दा बढी खर्च हुने विकास निर्माणको काम सम्हालेको भौतिक पुर्वाधार मन्त्रालयले समेत जम्मा ९.०१ प्रतिशत रकम मात्रै खर्च गरेको छ ।

लामो समय विभागीय मन्त्री बर्खास्ती भएपछि यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री डोरमणी पौडेलले सम्हाल्दै आएपनि यो मन्त्रालयले आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि निकै कम खर्च गरेको छ । यस्तै प्रदेश भित्र शिक्षा, स्वास्थ्य, खेलकुद तथा अन्य सामाजिक विकासका कामको जिम्मेवारी सम्हालेको सामाजिक विकास मन्त्रालयले पनि पुष मसान्तसम्म कुल बजेटको जम्मा १४.४५ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।


दोहोरो अंकको प्रतिशत खर्च गर्न नसकेका मन्त्रालयहरुमा आर्थिक मामिला तथा योजना मन्त्रालय , उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय , भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय , भौतिक पुर्वाधार विकास मन्त्रालय रहेका छन् । आर्थिक वर्षको आधा अर्थात ६ महिनाको अवधिमा कुल बजेटको ९.१० प्रतिशत मात्र खर्च गरिनु सन्तोषजनक नरहेको जानकारहरुको भनाई रहेको छ ।

LIVE TV