१७ माघ २०७६, शुक्रबार

काठमाडौं, १७ माघ । हिमाली स्वास्थ्य विज्ञान प्रालिले विकट जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा फार्मेसी सञ्चालनमा ल्याएर सेवा दिदै आएको छ ।

हिमाली स्वास्थ्य विज्ञान प्रालिका अध्यक्ष शिव भट्टका अनुसार वि.सं. २०७४ सालको चैतबाट फार्मेसी सञ्चालनमा ल्याएर सेवा दिदै आएको हो ।

पछिल्लो समय हुम्लामा मौसमी रुघाखोकीका कारण केहीले ज्यान गुमाइसकेका छन्, भने सयौंको संख्यामा विरामी छन् । यसैबीच हिमाली स्वास्थ्य विज्ञानको उक्त फार्मेसीले आफूसँग भएको औषधि वितरण गर्नुका साथै होम सर्भिस पनि दिइरहेको जनाएको छ ।

अहिलेसम्म उक्त फार्मेसीबाट खटिएका डाक्टरहरुको टोलीले मौसमी रुघाखोकी प्रभावित सिमिकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, नाम्खा गाउँपालिका, सर्केधार गाउँपालिका लगाएतका गाउँपालिकामा पुगेरै आफूले सकेको सेवा दिइरहेको पनि अध्यक्ष भट्टले जानकारी गराएका छन् ।

अहिले हिउँ परेका कारण औषधि ल्याउनका लागि समस्या भइरहेको पनि उनको भनाइ छ । चिसोका कारण लाग्ने रोगहरु सिओपीडी, निमोनिया, दम, रुघाखोकी लगाएतका समस्याबाट त्यहाँबाट बासिन्दाहरु पीडित भएका पाइएको अध्यक्ष भट्टले बताए ।

अत्याधिक चिसो र अव्यवस्थित खानपान तथा रहनसहनका कारण त्यहाँका बासिन्दा मौसमी रुघाखोकी पीडित बन्न पुगेको उनको भनाइ छ । मौसमी रुघाखोकी प्रभावित क्षेत्रमा आफ्नो उक्त फार्मेसीले केही निःशुल्क औषधि वितरण गरेको पनि अध्यक्ष भट्टले जानकारी गराएका छन् ।

त्यहाँका स्थानीयको स्वास्थ्यका लागि आगामी दिनहरुमा पनि निरन्तर सेवा प्रदान गरिरहने अध्यक्ष भट्टले बताए ।

LIVE TV