१७ माघ २०७६, शुक्रबार

काठमाडौं, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले देशमा इशाईकरणको डरलाग्दो रुप देखिन थालेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै अध्यक्ष थापाले देशको हित विपरीत धार्मिक प्रचारको स्थिती बढ्दो रहेको उल्लेख गर्नुभएको हो ।

बैठकमा बोल्दै उहाँले नेपाल कम्यूनिष्ट पार्टी नेकपा नेकपाको नेतृत्वमा रहेको सरकारबाट देशमा आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने आशा गरिए पनि सरकारले जनताको अपेक्षाअनुसार काम नभएको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो, नेकपा नेतृत्वको सरकार पूर्णरुपमा असफल भयो ।

साथै उहाँले तलदेखि माथिसम्म हुने सेटिङका कारण देश भ्रष्टाचार बढेको आरोप समेत लगाउनु भयो ।

LIVE TV