१७ माघ २०७६, शुक्रबार

काठमाडौँ, माघ १७। कामै नगरेका र पूर्णता पनि नपाएका आयोगले आफ्नो वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा बुझाएका छन् ।


प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पूर्णता समेत नपाएका ५ आयोगको प्रतिवेदन पेश गर्नुभएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पूर्णता पाएका छैनन् । बैठकमा राष्ट्रिय मानवअधिकार आयोग, लोकसेवा आयोग र न्याय परिषद् र न्याय सेवा आयोगका ०७५/७६ को वार्षिक प्रतिवेदन पनि पेस भएका छन् ।

त्यसैगरी आजको बैठकमा नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक पेश भएको छ ।

LIVE TV