१७ माघ २०७६, शुक्रबार

काठमाडौँ, १७ माघ । नेपालबाट अध्ययनको लागि चीन गएका विद्यार्थीलाई नेपाल सरकारले वेवास्था गरेको बताएका छन् । चीनबाट सुरु भएको कोरोनाभाइरसको सङ्क्रमणको कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेको अवस्थामा पढ्नका लागि नेपालबाट चीन गएका विद्यार्थीलाई वेवास्था गरेकाे र यस घटनामा आफुहरु टुहुरो भएको जस्तो महसुस गरेको बताएका हुन् ।

चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरस फैलिएको बेला वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूले टुहुरो महसुस गरेको बताएका छन् । पढ्नकै लागि भनेर विभिन्न देशबाट आएका विद्यार्थीलाई आफ्नो देश फर्काइएको अवस्थामा नेपाल सरकारले वेवास्था गर्दा आफुहरुले टुहुरो महसुस गरेको बताएका हुन् ।

नेपाली विद्यार्थीहरूले नेपाल सरकारले हालसम्म आफूहरूको उद्धारका लागि कुनै कदम नचालेको भन्दै निराशा व्यक्त गरेका छन् । विद्यार्थीहरुले भने, हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठावरपर भएका साथीहरू गुमाइ सक्यौँ । यस अवस्थामा आफुहरुमा तनाव सिर्जना भएको बताएका छन् ।

सुरुमा अमेरिका र फ्रान्सले उनीहरूका नागरिक लग्दा हामीलाई डब्ल्यूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन भने जस्तो लागेको थियो, तर अहिले भारत, बाङ्ग्लादेश, श्रीलङ्काजस्ता देशले पनि आफ्ना विद्यार्थी लान थाले ।

LIVE TV