१६ माघ २०७६, बिहीबार

एजेन्सी, १६ माघ । संसारमा प्राचिन वस्तुका अनेक खालका संग्रहालयहरु छन् । तर भारतमा आमा संग्रहालय पनि छ, जुन सायद दुनियाँकै पहिलो हो ।

आमाप्रति समर्पित यो संग्रहालयमा महिला तथा मातृत्वसँग सम्बन्धित विभिन्न ३५ हजार वस्तुहरु संग्रहित छन् । यो म्युजियम भारतको महाराष्ट्रस्थित मुम्बइ तथा पूणे जिल्लामा छ ।

यो संग्राहलयमा दक्षिण भारत र खासगरी मराठी संस्कृति र गृहस्थ जीवनमा प्रयोग हुने सदियौँ पुराना चिजवस्तुहरु सुरक्षित राखिएको छ । शोधकर्ता डाक्टर बिट्ठल वेंकटेसले करिव ३० वर्षको कठिन शोध तथा संकलन पश्चात् यो संग्राहलयको स्थापना गरेका हुन् ।

आई म्युजियम नामले चर्चित यो संग्राहलय दुनियाँभरका आई अर्थात् माताहरुप्रति समर्पित छ । यो संग्राहलयमा हरेक वर्ष हजारौं पर्यटकहरु आउने गर्दछन् ।

LIVE TV