१६ माघ २०७६, बिहीबार
  • इरफान अली

वीरगंज १६ माघ । शहीद दिवस वीरगंजमा पनि शहिदको शालिकमा माल्यार्पन गरी मनाइएको छ । स्वः गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आयोजना गरेको र्कायक्रममा वीरगंजको नारायणी अस्पतालमा रहेको थ्रीबम मल्लको शालिक र गण्डकस्थित शहीद तेज बहादुर अमात्यले शालिकमा फुलमाला अर्पन गरी शहीद दिवस मनाएका छन् ।

फाउण्डेशनका अध्यक्ष महम्मद शहाबुदिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शहीद पुत्र पूर्व सांसद राजेन्द्रबहादुर अमात्यले शहीद दिवस नेपाली काँग्रेसले मनाउनु पर्नेमा फाउण्डेशनले मनाउनु परेको दुखेसाे पोख्दै पर्सा नेपाली काँग्रेसले शहीदलाई बिर्सएको बताउनु भएको हाे।

‘नेपाली काँग्रेसको नेतृत्व भएको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुलाई अरुले बिर्से पनि नेपाली काँग्रेसले र्बिसनु नहुने’ पूर्व सांसद अमात्यले भन्नु भयो । फाउण्डेशनका अध्यक्ष महम्मद शहाबुदिनले पार्टीको जिल्ला,क्षेत्र तथा नगरकार्य समितिले शहीद दिवस मनाउला भनि प्रतिक्षा गर्दा कही कतैबाट जानकारी नआएपछि हतारमा निर्णय गरी फाउण्डेशनले शहीद दिवस मनाउने निर्णय गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा फाउण्डेशनको पदाधिकारीकासाथै नेपाली काग्रेसका नेता तथा र्कायक्रताको सहभागिता रहेको थियो । शहीद दिवस नामक भिजुवल पर्सा फोल्डरमा राखिएको छ ।

LIVE TV