१६ माघ २०७६, बिहीबार
  • उत्तम पौडेल / राजेन्द्र अधिकारी

पोखरा, १६ माघ । नक्कली सुन काण्डले विवादित बनेको कास्की प्रहरीले सुनको समाचार लेख्ने पत्रकारलाई नै जिल्ला प्रहरी कार्यालयमा निषेध गरेसंगै घटना झनै पेचिलो बन्दै गएको छ ।

असोज २ गते काँकडभिट्टाबाट पोखरा आउँदै गरेको ना ४ ख ४३५१ नम्बरको बसबाट भारतीय सेनामा कार्यरत एक नेपालीको झोलामा दुईवटा सुनका आधा किलो भन्दा बढी तौलका विस्कुट फेला परेको थियो । तर सो सुन ल्याउने ब्यक्तिलाई अनुसन्धान नै नगरी १ रात मात्र हिरासतमा राखेर छोडिदियो ।

२/४ हजारका घटनालाई पत्रकार सम्मेलन गरेर ढोल पिट्ने कास्की प्रहरी आधा केजी भन्दा बढी सुनको बिषयमा किन मौन बस्यो? के भण्डारण गरिएको नक्कली सुन सुरक्षित छ त ? त्यस्तै भण्डारण गरिएको स्थानमा सुन नभएको हुनसक्ने श्रोतको आशंका छ ।

श्रोतका अनुसार सो सुन सक्कली भएको आशंका पनि गरेको छ । सो विषयमा कास्की प्रहरीका प्रवत्ताले केही दिन अगाडि सो नक्कलि सुनको विषय केही नभएको बताए । कास्की प्रहरीमा भण्डारण गरिएको नक्कलि सुन देखाउन नमिल्ने बताए ।

यसरी भारतबाट ल्याइएको सुन समातेर सार्वजनिक नगर्नु , सुन भनेर ल्याएको ब्यत्तिलाई १ दिन पनि अनुसन्धान नगर्नु र सक्कल सुन थियो कि नक्कलि भनेर स्पष्ट नपार्नु , सुनको विषयमा सोधखोज गर्न जाने पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउनु र सूचना नदिने जिल्ला प्रहरी कार्यालयका एसपिको आदेशले सुन काण्डभित्रको रहस्य इंकित गरेको छ ।

LIVE TV