१६ माघ २०७६, बिहीबार
  • माधब गैह्रे,

स्याङजा, १६ माघ । गुप्ततारा स्मृति प्रतिष्ठानले स्याङजाको वालिङमा समकालीन नेपाली प्रतिनिधि लघुकथा विमोचन तथा विमर्श सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा देश तथा विदेशमा कलम चलाउदै आइरहेका नेपाली साहित्यकारहरुको उपस्थिति रहेको थियो । लघुकथा लेख्दै आइरहेका लेखकको उत्कृष्ट लघुकथाको संग्रह विमोचन गरिएको हो ।

सो कार्यक्रममा १५२ वटा लधुकथा विमोचन गरिएको थियो । साहित्य श्रेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल र परिवारले आफ्नो आमा तारादेवी अर्याल र बुबा गुप्तप्रसाद अर्यालको नाममा प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष अनन्त राज अर्यालले बताए ।

कार्यक्रममा लघुकथाकार प्रा.डा. कपिल लामिछाने, साहित्यकार तथा पूर्व मन्त्री त्रिलोचन ढकाल, लघुकथाकार हरिप्रसाद भण्डारी, साहित्यकार गंगा कर्मचार्य पौडेलले लघुकथाले छोटो समयमा ठूलो फड्को मारेको र पाठकको माग पनि रहेको बताए ।

उक्त कृतिको सम्पादन स्याङ्जाली साहित्यको क्षेत्रमा क्रियाशील अनन्त अर्याल, मिलन समिर, श्यामप्रसाद ढुंगाना र शम्भु अर्यालले गरेका हुन् ।

LIVE TV