
- अविरल बस्नेत
दोलखा, १६ माघ । दोलखामा टिपर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

बैतेश्वोर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपाको छिपीगाउँस्थित टिपर बालुवा बोकेर आउँदै गर्ने क्रममा दुर्घटना भएको हो । टिपर दुर्घनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।

बा ४ ख ७२६४ नम्बरको टिपर दुर्घटना परी गम्भीर घाइते हुनेहरु कुल बहादुर जिरेल र हरि बहादुर जिरेल रहेका छन्।
घाइते दुबै जनालाई उपचारका लागि चरिकोट लगिएको जनाइएकाेछ । टिपर चालक भने फरार छन्।